
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) नुवाकोट जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । नुवाकोट बिदुर त्रिशुली नर्सिङ मेडिकल कलेजमा बैठक बसेको थियोे । बैठकको अध्यक्षता संगठनका केन्द्रिय सदस्य नुवाकोट जिल्ला इन्चार्ज मेगेन्द्रले गर्नु भएको थियो । बैठकमा प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सिर्जन र विशेष अथितिमा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा बागमती पश्चिम विशेष प्रदेश इन्चार्ज सुरेन्द्र बस्नेतले गर्नु भएको थियो ।

बैठकलाई प्रशिक्षित गर्दै प्रमुख अथिति सिर्जनले एकीकृत जनक्रान्तिमा युवा बिध्यार्थिको भुमिका र जनमत संग्रहको बाताबरण बनाउन जागरण अभियानलाई सशक्त बनाएर जान निर्देशन गर्नुभयो । यस्तै विशेष अथिति सुरेन्द्र बस्नेतले युवा बिध्यार्थिले आफ्नो अधिकार प्राप्ति संगै समृद्धि र स्वर्णिम रास्ट्र निर्माणको सपनालाई दर्हो संग पकड्न अखिल (क्रान्तिकारी )को कलम तारा रक्त रन्जित झण्डालाई विजयको उचाइमा फहराइ रहने बिस्वास दिलाउनु भयो ।
अन्तमा बैठकले नुवाकोट जिल्लामा भएका शैक्षिक बिकृती, बिसङतीलाई चिरफार /भन्डाफोर गर्दै शैक्षिक दलाल, माफिया ,भ्रष्टाचारी विरुद्ध सबैखाले संघर्स गर्ने निर्णय गरेको छ । उक्त बैठकमा उपस्थित सबै जिल्ला समितिका सदस्य नेताहरुलाई बैठकले गरेका दुरगामी र महत्वपुर्ण निर्णय कार्यक्षेत्रमा लागू गर्न विशेष निर्देशनात्मक अनुरोध गर्दै बैठकका अध्यक्ष मेगेन्द्रजले समापन गर्नु भएकाे थियो ।
