नेकपाद्वारा श्रमिक जागरण अभियानलाई तिव्रता

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महांसघले श्रमिक जागरण अभियानलाई तिव्रता दिएको छ । जागरण अभियान अन्तर्गत काठमाडौ उपत्यकामा नविना मगरको अध्यक्षमा ६ सदस्यीय इकाई कमिटी गठन गरेको छ ।

संगठनले काठमाण्डौं स्थित विभिन्न प्रतिष्ठानमा कार्यरत स्वास्थ्य तथा सरसफाइ श्रमिकहरुसँग छलफलमा जुटेको महाँसंघ सम्बद्ध उपत्यका विशेष क्षेत्र अभियान दलले सविना मगरको अध्यक्षतामा स्वास्थ्य तथा सरसफाइ श्रमिकहरुको छ(६) सदस्यीय इकाइ कमिटी निर्माण गरेको छ।

महाँसंघको बागमती प्रदेश समिती अन्तर्गत रहेको अभियान दल उपत्यका बिशेष क्षेत्रका अनुसार उक्त नवगठित इकाइ कमिटिमा अध्यक्षमा नविना मगर सहित उपाध्यक्ष-सरस्वती शाही,सचिव- सविना शाही,सहसचिव लक्ष्मिदेवी खड्गी,कोषाध्यक्ष -सम्झना शाही र सदश्यमा माइली शाही रहेका छन।

उपत्यकामा महाँसंघको पहलमा विभिन्न पेशागत संघ सम्बद्ध इकाइ कमिटीहरु निर्माण भैरहेको अभियानमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस